२२ जेठ, काठमाडौं । क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अन्तर्राष्ट्रिय जेरियाट्रिक अन्कोलोजी समाज (सिओग) को नेपाल प्रतिनिधिमा नियुक्त भएका छन् । सिओग वृद्धवृद्धामा हुने क्यान्सरको उपचार, अनुसन्धान र शिक्षामा केन्द्रित संस्था हो ।
उनको नियुक्तिसँगै नेपालमा वृद्ध क्यान्सर उपचारसम्बन्धी अनुसन्धान, सेवा विस्तार र अन्तर्राष्ट्रिय सहकार्यलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । सिओगको आधिकारिक वेबसाइटमा उनको नाम र विवरण नेपाल प्रतिनिधिका रूपमा समावेश गरिएको छ ।
स्विट्जरल्यान्डको जेनेभा मा मुख्यालय रहेको सिओग सन् २००० मा स्थापना भएको प्रतिष्ठित अन्तर्राष्ट्रिय बहुविषयगत संस्था हो । यस संस्थामा क्यान्सर रोग विशेषज्ञ, ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य अनुसन्धानकर्ताहरू आबद्ध छन् । संस्थाले विशेषगरी वृद्धवृद्धामा हुने क्यान्सरको उपचार, अनुसन्धान र शिक्षाको क्षेत्रमा विश्वव्यापी नेतृत्व गर्दै आएको छ ।
हाल डा. शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालमा मेडिकल अन्कोलोजी विभागका सहप्राध्यापक तथा वरिष्ठ परामर्शदाता चिकित्सकका रूपमा कार्यरत छन् ।
प्रतिक्रिया 4