News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २१ जेठ आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको छ ।
- अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको मूल्य घटेर आज ३ लाख ८ सय रुपैयाँ कायम भएको छ ।
- चाँदीको भाउ पनि तोलामा ३३५ रुपैयाँले घटेर आज प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।
२१ जेठ, काठमाडौं । आइतबार सुनचाँदीको भाउ उच्च दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ८ सय रुपैयाँमा झरेको छ । गत आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ३३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २३० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८९५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ५ हजार ३४५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4