News Summary
Generated by OK AI. Editorially reviewed.- इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सेयर निष्कासन गरी विश्व बजारबाट करिब ७५ अर्ब अमेरिकी डलर उठाउने तयारी गरेको छ ।
- आगामी ११ जुनदेखि बुक बिल्डिङ विधिमार्फत प्रतिइकाइ १३५ डलरमा बिक्री खुला हुने यस कम्पनीको मूल्याङ्कन १५ देखि १८ खर्ब डलर हुने अनुमान छ ।
- नेपालको नीतिगत व्यवस्थाका कारण स्वदेशबाट लगानी गर्न नमिल्ने भए पनि विदेशमा रहेका नेपालीहरूले भने यस आईपीओमा लगानी गर्न सक्नेछन् ।
२४ जेठ, काठमाडौं । विश्व बजारमा स्पेस एक्सको सबैभन्दा ठूलो आईपीओ खुल्दैछ । स्पेस एक्स विश्वको सबैभन्दा ठूलो निजी अन्तरिक्ष कम्पनी हो । जसको संस्थापक इलन मस्क हुन् ।
यो कम्पनीले सेयर निष्कासन गरी करिब ७५ अर्ब अमेरिकी डलर उठाउने तयारी गरेको छ । यो आईपीओ २ किसिमबाट निष्कासन हुन्छ ।
पहिलो हो– सेक्युरिटिज कम्पनीहरूमार्फत । त्यस्तै बुक बिल्डिङ विधिबाट पनि आईपीओ निष्कासन हुनेछ । ४ जुनदेखि रोडशो र ११ जुनदेखि बुक बिल्डिङ मार्फत प्रतिइकाइ १३५ अमेरिकी डलर मूल्य कायम गरी यो सेयर बिक्री गरिनेछ ।
कम्पनीको कुल मूल्याङ्कन १.५ देखि १. ८ ट्रिलियन (१५ देखि १८ खर्ब) डलर हाराहारी पुग्न सक्ने अनुमान गरिएको छ ।
स्पेस एक्सको रकेट प्रक्षेपण व्यवसायमा विश्वव्यापी प्रभुत्व
स्टारलिंकमार्फत करोडौं ग्राहकलाई स्याटेलाइट इन्टरनेट सेवा र स्टारसिप रकेट कार्यक्रम तथा भविष्यका चन्द्रमा र मंगल अभियानजस्ता कारण यो मूल्यवान कम्पनी बनेको छ ।
आंशिक रूपमा पुनः प्रयोग गर्न मिल्ने रकेट बनाएर स्पेस एक्सले अन्तरीक्ष दौडलाई नयाँ परिभाषा दिलाएको छ । कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कसँग आबद्ध गरिएको छ ।
के नेपाली लगानीकर्ताले किन्न सक्छन् ?
सैद्धान्तिक रूपमा आईपीओ वा त्यसपछि अमेरिकी बजार नास्दाकमा सूचीकरण भएपछि अन्तर्राष्ट्रिय ब्रोकरेजमार्फत सेयर किन्न सकिन्छ।
तर नेपालबाट प्रत्यक्ष विदेशी सेयर बजारमा लगानी गर्न पाउने नीतिगत व्यवस्था नै छैन । त्यसैले कानुनी रुपमा यो आईपीओमा लगानी संभावना छैन । तर विदेशमा रहेका नेपालीहरूले भने त्यही देशको नियम अनुसार लगानी गर्न सक्नेछन् ।
प्रतिक्रिया 4