News Summary
Generated by OK AI. Editorially reviewed.- ट्राफिक नियम विपरीत सवारी चलाएको भिडियो सार्वजनिक गरेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
- प्रहरीका अनुसार राईलाई लापरबाही साथ सवारी चलाएको कसुरमा कारबाही गरिएको हो ।
- जेठ २२ गते उदयपुरको बेलकामा आयोजित कार्यक्रममा जाने क्रममा दुर्घटनामा परी उनको हातमा चोट लागेको थियो ।
२५ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको भिडियो पोस्ट गरेको आधारमा उनलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
उनलाई लापरबाही साथ सवारी चलाएको भन्दै कारबाही गरिएको प्रहरीले जनाएको छ ।
जेठ २२ गते उदयरपुलको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका थिए ।
दुर्घटना परेर हातमा चोट लागेको भिडियो उनैले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4