0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

 कांग्रेसले भन्यो– आजसम्म चार लाख ५७ हजार ३६६ जनाले एनसीआईडी पाए

उनले विज्ञप्तिमा सदस्यता अद्यावधिक गर्न एक दिन मात्रै बाँकी रहेको र त्यो समय बिहीबार राति १२ बजेसम्म मात्रै हुने पनि उल्लेख गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते २०:४४

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको बताएको छ । कांग्रेस महामन्त्री एवं सदस्यता  व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये आजको मितिसम्म ४ लाख ५७ हजार ३ सय ६६ जनाले एनसीआईडी प्राप्त गरिसक्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एक लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा रहनुभएको छ ।’

छुटेकालाई तोकिएको सीमाभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न महामन्त्री पौडेलले अपिल गरेका छन् । उनले विज्ञप्तिमा सदस्यता अद्यावधिक गर्न एक दिन मात्रै बाँकी रहेको र त्यो समय बिहीबार राति १२ बजेसम्म मात्रै हुने पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?