News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वकप २०२६ को समूह चरणमा अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुँदै छ, जहाँ दुवै टोली जित निकाल्ने लक्ष्यमा छन् ।
- सन् २००२ पछि पहिलोपटक विश्वकपमा छनोट भएको टर्की पछिल्ला आठ खेलमा अपराजित रहँदै बलियो लयमा देखिएको छ ।
- अस्ट्रेलियाका अनुभवी खेलाडी म्याथिउ लेकी र टर्कीका कप्तान हाकान चालाहनोलु आ-आफ्नो टोलीका मुख्य आकर्षण बन्नेछन् ।
३० जेठ, काठमाडौं । अस्ट्रेलियाले पछिल्ला पाँच विश्वकपमा सहभागिता जनाएको छ । त्यसैले विश्वकप २०२६ मा अस्ट्रेलियाले आफ्नो स्थान सुरक्षित गर्नु कुनै आश्चर्यको कुरा होइन । सन् २०२२ मा त टोलीले अन्तिम १६ सम्मको यात्रा गरेको थियो । जुन विश्वकप इतिहासमा अस्ट्रेलियाको सबैभन्दा सफल यात्रा हो ।
यसपाली अमेरिकामा प्रभाव छोड्न अस्ट्रेलियालाई कतार जस्तो सहज छैन । किनभने आइतबारको प्रतिद्धन्द्धी टर्कीसँगै अस्ट्रेलियाको समूहमा अमेरिका र पाराग्वे जस्ता टोली छन् ।
प्रतियोगिताअघि अस्ट्रेलियाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । मे ३१ मा मेक्सिकोसँग १–० ले हारेको अस्ट्रेलियाले ६ दिनपछि स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा रोक्यो ।
टोनी पापोभिकको नेतृत्वमा रहेको अस्ट्रेलियाले टर्कीपछि जुन १९ मा अमेरिका र २५ मा पाराग्वेको सामना गर्ने तालिका छ ।
अस्ट्रेलिया र टर्कीले अहिलेसम्म दुईपटक मात्र एकअर्कासँग प्रतिस्पर्धा गरेका छन् । मे २००४ मा अस्ट्रेलियाले दुबै मैत्रीपूर्ण खेलमा टर्कीलाई हराएको थियो ।
टर्कीका लागि अमेरिका विश्वकप तेस्रो अनुभव हो । सन् २००२ पछि पहिलोपटक टर्कीले विश्व फुटबलको कुम्भमेलामा सहभागिता जनाएको छ ।
२४ वर्षअघि टर्कीले सबैलाई आश्चर्य–चकित पारेको थियो । सेमिफाइनलसम्मको यात्रा तय गरेको टर्की पछि तेस्रो बनेको थियो ।
युरोपियन च्याम्पियनसिप २०२४ मा टर्कीले क्वार्टरफाइनलसम्मको यात्रा गर्यो । त्यसैले पनि टर्कीमाथि यसपाली सबैको नजर छ । पछिल्लो लयका कारण पनि टर्कीलाई नजर–अन्दाज गर्न सकिन्न । टोली पछिल्ला ८ खेलमा अपराजित छ ।
भिन्जेन्जो मोन्टेलाको नेतृत्वमा रहेको टर्कीले ८ मध्ये ७ खेल जितेको छ । जसमा विश्वकपअघि तयारी स्वरुप खेलिएका दुई मैत्रीपूर्ण खेल समावेश छन् । प्रतियोगिताअघि टोलीले नर्थ म्यासेडोनियालाई ४–० र भेनेज्वेलालाई २–१ ले हराएको थियो ।
युरोपियन प्लेअफमा कोसोभोलाई १–० ले हराउँदै विश्वकपको टिकट काटेको टर्कीले अस्ट्रेलियापछि जुन १९ मा पाराग्वे र २५ मा अमेरिकासँग खेल्नेछ ।
अस्ट्रेलियाका खेलाडी पूर्ण रुपमा फिट छन् । इन्जुरी समस्या छैन । म्याथ्यु रायन, ज्याक्सन इर्भिन र म्याथिउ लेकी जस्ता खेलाडीले अस्ट्रेलियन टोलीलाई बल दिएको छ ।
लेकीले १० विश्वकप खेलमा समान एक गोल र असिस्ट प्रदान गरेका छन् । ३५ वर्षीय लेकीको अनुभव अस्ट्रेलियाको विश्वकप अभियानमा महत्वपूर्ण रहनेछ ।
सिजन २०२५÷२६ को बीचमा नर्विच सिटीसँग जोडिएका मोहम्मद टुरेले १२ खेलमा १० गोल गरेका थिए । अस्ट्रेलियाका लागि गोल स्कोरिङ जिम्मेवारी यिनै स्ट्राइकर टुरेमाथि रहनेछ । १० खेलमा उनले अहिलेसम्म दुई गोल गरेका छन् ।
टर्कीका लागि रियाल मड्रिडका अट्याकिङ मिडफिल्डर प्रतियोगिताकै हेर्नलायक खेलाडी हुन् । सिजनको अन्त्यमा इन्जुरीले उनलाई सताएको थियो । तर, अहिले उनी पूर्ण रुपमा फिट छन् । उनीसँगै कप्तान तथा मिडफिल्डर हाकान चालाहनोलु टर्कीका प्रमुख खेलाडी हुन् ।
प्रतिक्रिया 4