+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमै अमेरिकालाई ३ गोलको अग्रता

२०८३ जेठ  ३० गते ७:४५ २०८३ जेठ ३० गते ७:४५
पहिलो हाफमै अमेरिकालाई ३ गोलको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को चौथो खेलमा आयोजक अमेरिकाले पाराग्वेविरुद्ध पहिलो हाफमा ३–० को अग्रता लिएको छ ।
  • अमेरिकाका लागि फोलारिन बालोगुनले दुई गोल गरे भने पाराग्वेका डेमियन बोबाडिल्लाले एक आत्मघाती गोल गरे ।

३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को चौथो खेलमा अमेरिकाले पहिलो हाफमा ३ गोलको अग्रता लिएको छ ।

अमेरिकाको लस एन्जल स्टेडियममा जारी खेलमा घरेलु टोलीले पाराग्वेविरुद्ध पहिलो हाफमै ३ गोल गरेको हो ।

खेलको ७ मिनेटमै आत्मघाति गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लियो ।

त्यसपछि ३१औं मिनेटमा फोलारिन बालोगुन गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा फोलिरिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए ।

Photo : IMAGO / NurPhoto

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय