+
फिफा विश्वकप २०२६ :

विश्वकपमा क्यानडालाई पहिलो अंक, अग्रता जोगाउन नसक्दा बोस्निया एन्ड हर्जगोभिना निराश

२०८३ जेठ  ३० गते २:४८ २०८३ जेठ ३० गते २:४८

क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिना १–१ को बराबरीमा खेलेका हुन् ।

विश्वकपमा क्यानडालाई पहिलो अंक, अग्रता जोगाउन नसक्दा बोस्निया एन्ड हर्जगोभिना निराश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका छन् ।
  • खेलको २१औं मिनेटमा बोस्नियाका जोभो लुकिचले र ७९औं मिनेटमा क्यानडाका काइल लारिनले गोल गरे ।
  • विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे नेपाली समय अनुसार बिहान पौने ७ बजे खेल्नेछन् ।

३० जेठ, काठमाडौं । काइल लारिनले दोस्रो हाफमा गरेको गोलमा क्यानडाले फिफा विश्वकप २०२६ को तेस्रो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग बराबरी खेल्दै अंक खोसेको छ ।

क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका हुन् । तेस्रो पटक विश्वकप खेलिरहेको क्यानडाले यो बराबरीपछि पहिलो अंक समेत जोडेको छ ।

यसअघि दुई विश्वकप खेल्दा क्यानडा सबै ६ खेलमा पराजित भएको थियो । घरेलु मैदानमा पहिलो पटक विश्वकप खेलिरहेको क्यानडाले ऐतिहासिक खेलमा जित निकाल्ने लक्ष्य भने पूरा हुन सकेन ।

तर पहिलो अंक जोड्दै क्यानडाले फिफा विश्वकप २०२६ मा भने सुखद सुरुवात गरेको छ ।

जोभो लुकिचले खेलको २१औं मिनेटमा हेडमार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, बोस्निया एन्ड हर्जगोभिनाले त्यो अग्रता जोगाउन सकेन ।

क्यानडाले ७९औं मिनेटमा बराबरी गोल फर्कायो । काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानडालाई बराबरीमा फर्काएका थिए । त्यसपछि दुवैतर्फबाट थप गोल हुन सकेन र दुवै टोलीले एक-एक अंक बाँडे ।

अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्नेछन् । उक्त खेल बिहान पौने ७ बजेबाट सुरु हुनेछ ।

Photo : IMAGO / Nordphoto

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय