News Summary
Generated by OK AI. Editorially reviewed.- इरान र अमेरिकाबीचको शान्ति सम्झौतालाई लिएर ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।
- ई–४ समूहले स्ट्रेट अफ होर्मुज तत्काल खोल्न र बिना कुनै सर्त जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्न माग गरेको छ ।
- उनीहरूले यो सम्झौता क्षेत्रीय स्थिरता र वैश्विक अर्थव्यवस्थालाई स्थिर गर्ने ठूलो अवसर भएको बताएका छन् ।
१ असार, काठमाडौं । इरान र अमेरिकाबीच हुन गइरहेको शान्ति सम्झौताबारे ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।
उनीहरूले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूका साथ मिलेर ‘अवसरको पूरा लाभ उठाउन’ का लागि काम गर्ने बताएका छन् ।
ई–४ समूहको नामले चिनिने देशहरूले भनेका छन्, ‘हामी यो कूटनीतिक सफलताका लागि अमेरिका, इरानी सरकार र यसमा सहभागी सबै पक्षलाई बधाई दिन्छौं । जसमा पाकिस्तान, कतार र अन्य सबै मध्यस्थकर्ता सामेल छन् ।’
अमेरिका र इरानबीच हुन गइरहेको शान्ति सम्झौता क्षेत्रीय स्थिरता बहाल गर्न र वैश्विक अर्थव्यवस्थालाई स्थिर गर्ने अवसर भएको उनीहरूको भनाइ छ । ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले सम्झौतालाई तीव्रताका साथ पूर्णतया लागू गर्न अपिल पनि गरेका छन् ।
‘स्ट्रेट अफ होर्मुज तत्काल खोल्न र बिना कुनै शर्त र प्रतिबन्ध जहाज तथा जलयातायातको स्वतन्त्र आवागमन सुनिश्चित गरिनु आवश्यक छ,’ उनीहरूले भनेका छन् । नेताहरूले लेबनानको ‘स्थिरता, संप्रभुता र क्षेत्रीय अखंडता’ का प्रति आफ्नो समर्थन पनि दोहोर्याएका छन् ।
प्रतिक्रिया 4