+
+
Shares

सर्‍यो रास्वपाको महाधिवेशन स्थल

रास्वपाको महाधिवेशन भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १५:४७

२ असार, काठमाडौं । सत्तारुढ दल रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ । रास्वपाको महाधिवेशन भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ ।

यसअघि चितवनको रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा तय भएको थियो ।

असार ७ देखि ९ गतेसम्म आयोजना गरिएको महाधिवेशनमा सहभागी हुनेका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध गरिएको रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।

पार्टीको स्थानीय, जिल्ला र नगरसमिति, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुको समन्वयमा महाधिवेशन तयारीको लागि १८ वटा उपसमिति बनाएर काम अघि बढाइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?