+
+
Shares

रास्वपाको तहगत अधिवेशन कति भयो ? कहाँ बाँकी ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १३:५३

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कूल ६ हजार ७४३ वडामध्ये चार हजार ३६३ वडा समितिको अधिवेशन सकेको छ । ७५३ पालिकाहरूमा हालसम्म ६०९ मा पहिलो अधिवेशन गरेर नयाँ नेतृत्व आएको रास्वपाले जानकारी गराएको छ ।

१३ जिल्लामा अधिवेशन गर्न बाँकी छ ।

अधिवेशन नभएका जिल्लाहरूमा डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङ, धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन् । सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहटको अधिवेशन सुरु भएर पनि रोकिएको छ ।

मधेशमा पर्सा जिल्ला बाहेक अन्यत्र अधिवेशन हुन सकेको छैन । मधेशका जिल्लाहरूमा अधिवेशन स्थगित हुनुमा प्रतिनिधि विवाद कारण रहेको छ ।

कैलालीको अधिवेशनलाई केन्द्रले रद्ध गरेपनि रास्वपाले सार्वजनिक गरेको सूचनामा कैलालीलाई अधिवेशन हुन बाँकी रहेको जिल्लामा गणना गरिएको छैन ।

बागलुङको अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएपनि उजुरी परेपछि विवादित बनेको छ । बागलुङको अधिवेशनलाई यसअघि सम्पन्न नभएको जिल्लाहरूमा गणना गरेको रास्वपाले मंगलबार जारी सूचनामा गण्डकीमा दुई जिल्ला मनाङ र मुस्ताङ मात्रै बाँकी रहेको उल्लेख गरिएको छ ।

सात प्रदेशमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको अधिवेशन गरेर नयाँ समिति बनेको छ ।

मधेशको अधिवेशन स्थगित गरिएको छ भने कर्णालीमा तीन दिनदेखि अधिवशेन जारी छ ।

नयाँ नेतृत्व आउन नसकेको वडा, पालिका, जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने रास्वपाले जानकारी गराएको छ ।

रास्वपाले प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?