+
+
Shares

देशसँग पिरती बस्यो, अनि जोगी भएँ : महावीर पुन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशप्रतिको मायाले आफूलाई मन्त्री र जोगी बनाएको बताउनुभएको छ ।
  • प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले देशप्रतिको पिरतीका कारण आफू मन्त्री बनेको उल्लेख गर्नुभयो ।
  • मन्त्री पुनले ‘म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो’ गीत स्मरण गर्दै आफू व्यावहारिक रूपमा जोगी भएको बताउनुभयो ।

४ असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पीरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त टिप्पणी गरेका हुन् ।

सुरुमा गाउँसँग भएको पिरती जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको मन्त्री पुनको भनाइ थियो ।

‘सुरुमा एकैचोटी देशसँग बसेको होइन । त्यो चाहीँ गाउँसँग बस्यो । म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पिरती बस्यो । गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पिरती बस्यो । त्यसैले अहिले जोगी भएँ । पक्का जोगी हो म चाँही । व्यवहारिक रूपमा पनि म जोगी नै हो,’ पुनले भनेका छन् ।

उनले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि संसदमा सुनाउनु भयो ।

‘एउटा गीत छ– मत यस्तो होइन दाई, पिरतीले जोगि बनायो । यो पहिलापहिलातिरको समयमा गाइन्थ्यो यो गीत । अव म पनि त्यस्तो सांसद हुने, मन्त्री हुने मान्छे त होइन, तर पिरतीले मलाई सांसद र मन्त्री बनायो,’ उनले भने, ‘एउटा लामो कहानी छ । पिरती मेरो कसरी कोसँग बसेर म जोगी भएँ ? भन्ने कुरा आयो क्या । र, मन्त्री भए भन्ने कुरा आयो । मेरो पिरती खासमा देशसँग बसेको हो ।’

मन्त्री पुनले पीरतिले जोगि बनाएको गीतको स्मरण गराउँदै उनले आफू व्यवहारिक रुपमा सोही गीतले भनेझैं जोगी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?