+
+
Shares

बेलायती कलेजहरूको गुणस्तर जाँच्ने काउन्सिलले ब्रिटिस कलेजलाई फेरि दियो मान्यता

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १९:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • द ब्रिटिस कलेजले बेलायतको ब्रिटिस एक्रिडिटेसन काउन्सिलबाट सन् २०३० मे ३१ सम्मका लागि पुनः मान्यता प्राप्त गरेको छ ।
  • नेपालमा यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने द ब्रिटिस कलेज पहिलो र हालसम्मको एकमात्र शैक्षिक संस्था रहेको छ ।
  • संस्थापक राजन कँडेलले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अवलम्बन गर्दै उच्च शिक्षाको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाए ।

४ असार, काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित द ब्रिटिस कलेज (टीबीसी) ले बेलायतको प्रतिष्ठित ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बीएसी) बाट पुनः मान्यता पाएको छ ।

कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा उक्त मान्यता नवीकरण गर्न सफल भएको जनाएको छ। कलेजका अनुसार नेपालमा बीएसीको मान्यता प्राप्त गर्ने पहिलो तथा हालसम्मको एकमात्र शैक्षिक संस्थाका रूपमा द ब्रिटिस कलेज रहेको छ । नवीकरण गरिएको मान्यता सन् २०३० मे ३१ सम्म कायम रहनेछ।

मान्यता प्रदान गर्नुअघि बेलायतबाट आएका निरीक्षकहरूको टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण प्रणाली, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत विभिन्न पक्षको विस्तृत मूल्याङ्कन गरेको थियो।

सन् १९८४ मा स्थापना भएको ब्रिटिस एक्रिडिटेसन काउन्सिल विगत चार दशकभन्दा बढी समयदेखि बेलायत तथा अन्तर्राष्ट्रिय स्तरमा स्वतन्त्र उच्च तथा थप शिक्षण संस्थाहरूको गुणस्तर मूल्याङ्कन गर्ने प्रतिष्ठित निकायका रूपमा परिचित छ। बीएसीको मान्यतालाई शैक्षिक गुणस्तर, संस्थागत पारदर्शिता, सुशासन तथा उत्कृष्टताको अन्तर्राष्ट्रिय मान्यताका रूपमा लिइन्छ।

उक्त मान्यता प्राप्त गर्न संस्थाले सुशासन, रणनीति तथा वित्तीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक व्यवस्थापन, शिक्षण तथा मूल्याङ्कन, विद्यार्थी सहयोग तथा मार्गदर्शन, भौतिक पूर्वाधार तथा सिकाइ स्रोतसाधनमा निरन्तर सुधारलगायतका प्रमुख मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

द ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले उक्त मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीहरूको समर्पण र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गरेको बताए। उनका अनुसार यस उपलब्धिले विद्यार्थी र अभिभावकमा गुणस्तरीय शिक्षाप्रतिको विश्वास थप बलियो बनाएको छ।

त्यस्तै, द ब्रिटिस कलेज तथा ब्रिटिस एजुकेसन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने पहिलो कलेज हुनु गौरवको विषय भएको उल्लेख गरे । आगामी दिनमा पनि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अवलम्बन गर्दै नेपालको उच्च शिक्षाको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

बीएसीकी उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले बीएसीको मान्यताले शैक्षिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, विद्यार्थी कल्याण तथा संस्थागत सुशासनका क्षेत्रमा संस्थाले स्वतन्त्र र कडा मूल्याङ्कन सफलतापूर्वक पार गरेको प्रमाणित गर्ने बताइन्।

द ब्रिटिस कलेजले बेलायती विश्वविद्यालयहरूसँगको सहकार्यमा सञ्चालन गरिएका अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम, उद्योग क्षेत्रसँगको सहकार्य तथा विद्यार्थीको करिअर विकासमा केन्द्रित अभ्यासमार्फत आफ्नो पहिचान स्थापित गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?