+
+
Shares

अमेरिका-इरान शान्ति सम्झौताको नेपालद्वारा स्वागत

नेपाल सरकारले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने विषयमा आज भएको ‘इस्लामाबाद समझदारीपत्र’ को स्वागत गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १९:५४

४ असार, काठमाडौं । नेपाल सरकारले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने विषयमा आज भएको ‘इस्लामाबाद समझदारीपत्र’ को स्वागत गरेको छ। अमेरिका र इरानका राष्ट्रपतिहरूबीच सम्पन्न शान्ति सम्झौता सफल कूटनीतिक प्रयासको परिणाम भएको जनाएको छ।

परराष्ट्र मन्त्रालयले नेपाल सरकारले पश्चिम एसियामा द्वन्द्व सुरु भएदेखि नै त्यहाँको परिस्थितिलाई नजिकबाट अनुगमन गर्दै आएको उल्लेख गरिएको छ। उक्त द्वन्द्वले विश्व अर्थतन्त्रमा व्यापक प्रभाव पारेको र त्यसको असर नेपालमा समेत परेको सरकारको भनाइ छ।

नेपालले अमेरिका–इरान शान्ति सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व स्थापना गर्न सहयोग पुग्ने तथा द्वन्द्वका कारण प्रभावित समुद्री यातायात र व्यापारिक मार्गहरू पुनः सामान्य अवस्थामा फर्कन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

नेपाल सरकारले शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने मुलुकहरूको योगदानप्रति गहिरो प्रशंसा व्यक्त गर्दै क्षेत्रीय तथा विश्वव्यापी शान्ति, स्थिरता र सहकार्य प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय समुदायले गरिरहेका सबै प्रयासप्रति आफ्नो समर्थन दोहोर्‍याएको छ।

सरकारले संवाद, कूटनीति र आपसी समझदारीमार्फत विवाद समाधान गर्ने पक्षमा नेपाल सदैव प्रतिबद्ध रहेको पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?