+
+
Shares

सङ्खुवासभामा पहिरोले ३ घर विस्थापित

भविन कार्की भविन कार्की
२०८३ असार ७ गते ११:२३

७ असार, सङ्खुवासभा । सङ्खुवासभामा अविरल बर्षासँगै आएको पहिरोका कारण तीन घर विस्थापित भएका छन् । खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकामा पहिरोका कारण तीन घर विस्थापित भएका हुन् ।

शनिबार अविरल बर्षासँगै आएको पहिरोले सभापोखरी गाउँपालिका –१ धुपुमा धन बहादुर विश्वकर्माको ४ जनाको परिवार र शान्तिराम पोख्रललेको ४ जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।

पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका -६ खानीडाडाँमा यार बहादुर तामाङको ६ जनाको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

पहिरोले विश्वकर्माको दुई तले घर पछाडितिरको भाग पहिरोले भत्काएको छ । पहिरोकै कारण सोही ठाउँका शान्तिराम घर समेत उच्च जोखिममा परेको प्रहरी निरीक्षक राजवंशीले बताए।

फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । पहिरोबाट विस्थापित अहिले छिमेकीको शरणमा बसेका छन् ।

पहिरो कारण सभापोखरी –१ धुपुमा खेती योग्य जमिन पुरिएको छ । पहिरोले धुपुका राजन राई,कर्ण राई र अम्बर राईको धान रोप्ने तयारी रहेको खेत पहिरो कटान तथा पुरिएको प्रहरीले जनाएको छ ।

धुपु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली खटिएर विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिरहेको छ । विस्थापित परिवारको राहतका लागि जनप्रतिनिधि र सरकारी कार्यालयहरुसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?