+
+
Shares

जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुम्लामा आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ६७१ मेट्रिकटन सिमी बिक्रीबाट एक करोड ३३ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको छ ।
  • जिल्लाको दुई हजार २५७ हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको र बजारमा माग बढेसँगै किसान यसतर्फ आकर्षित भएका छन् ।
  • सिमीको उचित बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरूपता नहुँदा किसान प्रतिकेजी १५० रुपैयाँमा सिमी बिक्री गर्न बाध्य छन् ।

७ असार, जुम्ला । जुम्लामा एक वर्षमा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट उक्त परिमाणको सिमी बिक्रीबाट रु एक करोड ३३ लाख ९२ हजार आम्दानी भएको बताए।

जिल्लाभार दुई हजार २५७ हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ । पछिल्लो समयमा सिमीको माग बजारमा अत्यधिक आउने गरेसँगै जुम्लाका किसान सिमीखेतीतर्फ आकर्षण बढ्दै गएको कृषि विकास कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

सिमी किसानका लागि महत्वपूर्ण नगदेबालीका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कनकासुन्दरी, पातारासी, हिमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमीखेतीबाट राम्रो आम्दानी गरेका छन् । सिमी उत्पादनको अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरुपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका–१ किसान करन बुढाले बताए ।

जिल्लाको सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा चिनिने गरेको तिलाको रारागाउँका किसानले गत वर्षमा किसानले न्यूनतम तीन क्विन्टलदेखि १२ क्विन्टलसम्म सिमी उत्पादन गरेको वडा सदस्य बिजकली बुढाले जानकारी दिए ।

सिमीको पकेट क्षेत्र भनेर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ जुम्लाले तिला–१ रारालाई सिमी जोन कार्यक्रम लागू गरेको छ ।

उक्त पालिको वडा नं १ सहित २, ८ र ९ वडाको आठ सय क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख खेमराज शाहीले बताए ।

सिमीले उचित मूल्य नपाएपछि स्थानीय व्यापारीमार्फत प्रतिकेजीको १५० मा बिक्री गर्न बाध्य भएको तिलाका किसान बताउँछन् । किसानलाई उन्नत बीउ, प्राविधिक सहयोग तथा व्यावसायिक खेतीसम्बन्धी तालिम प्रदान गर्दै आएको कृषि विकास कार्यालय जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?