News Summary
Generated by OK AI. Editorially reviewed.- युट्युबले मोबाइल एपको भिडियोभित्र देखिने इन्गेजमेन्ट स्ट्याट्सलाई थप व्यवस्थित बनाउन नयाँ अपडेट सार्वजनिक गरेको छ ।
- कम्पनीले अन्तर्राष्ट्रिय विनिमय दर मिलाउन च्यानल मेम्बरसिपको मूल्य प्रणालीमा पनि परिमार्जन गर्न लागेको छ ।
- क्रिएटरहरूले आगामी १७ अगस्ट २०२६ सम्म सिफारिश गरिएका परिवर्तनहरू पुनरावलोकन गर्न वा आफ्नै मूल्य तोक्न सक्नेछन् ।
युट्युब कम्पनीले मोबाइल एपको यूआईमा नयाँ अपडेट गरेको छ। यसले भिडियोभित्र देखिने इन्गेजमेन्ट स्ट्याट्सलाई थप व्यवस्थित बनाउनेछ ।
कम्पनीले अन्तर्राष्ट्रिय विनिमय दर अनुसार च्यानल मेम्बरसिपको मूल्य प्रणालीमा पनि परिमार्जन गर्दैछ।
पहिलो अपडेट अन्तर्गत युट्युबले मोबाइल एपमा लाइक, डिसलाइक, सेयर र आस्क आइकनहरूको फर्म्याट परिवर्तन गरेको छ। भिडियो प्लेयरको मुनि देखिने यी आइकनहरूको छेउबाट सङ्ख्या हटाइएको छ। अब इन्गेजमेन्ट स्ट्याट्स भिडियोको टाइटल मुनि र च्यानलको नाम छेउमा देखिनेछ।
युट्युबले सेभ, डाउनलोड र रिपोर्ट जस्ता सुविधाहरूलाई थ्री-डट मेनु भित्र सारेको छ। यो नयाँ लेआउटले भिडियो प्लेब्याक एक्सपेरियन्सलाई अझ आकर्षक बनाउनेछ। तर पुरानो फर्म्याट चलाउने बानी परेका युजरहरूका लागि सुरुमा यो केही अल्मल्याउने खालको हुन सक्छ।
अर्कोतर्फ, युट्युबले विदेशी विनिमय दरलाई मिलाउन च्यानल मेम्बरसिपको मूल्यलाई अपडेट गर्दैछ। युट्युब पार्टनर प्रोग्राममा रहेका च्यानल म्यानेजर्सहरूले आफ्नो च्यानल मेम्बरसिपको दर आफैँ तोक्न सक्छन्। उनीहरूले प्रतिमहिना ४९९.९९ डलरसम्म मूल्य राख्न पाउँछन्। च्यानलहरूले पैसा तिर्ने फ्यानहरूका लागि एक्सक्लुसिभ भिडियो जस्ता विशेष सुविधाहरू प्रदान गर्छन्।
तर विदेशी विनिमय दरका कारण मेम्बरसिपको मूल्यमा ठुलो उतारचढाव आउने गरेको क्रिएटरहरूले बताएका थिए। यसले गर्दा अन्तर्राष्ट्रिय फ्यानहरूका लागि मेम्बरसिप लिन महँगो भइरहेको थियो।
यस समस्यालाई सम्बोधन गर्न युट्युबले लोकेसन अनुसार शुल्कलाई सन्तुलित बनाउने नयाँ नियम ल्याएको छ।
युट्युबका हेड अफ एडिटोरियल रेने रिचीका अनुसार नयाँ मेम्बरहरूका लागि अन्तर्राष्ट्रिय मूल्य विनिमय दर अनुसार अपडेट गरिनेछ। यसले विश्वभरका क्रिएटरहरूका लागि मेम्बरसिप प्रणालीलाई सन्तुलित बनाउनेछ। क्रिएटरहरूलाई यसबारे सूचना पठाइनेछ।
क्रिएटरहरूले आगामी १७ अगस्ट २०२६ सम्म सिफारिस गरिएका परिवर्तनहरू रिभ्यू गर्न वा आफ्नै कस्टम प्राइज सेट गर्न सक्नेछन्। त्यो अवधिभित्र केही नगरेमा अटोमेटिक अपडेटहरू लागु हुनेछन्।
युट्युबले युट्युब स्टुडियो भित्र ‘स्मार्ट प्राइसिङ रेकमेन्डेसन्स’ पनि उपलब्ध गराउनेछ। यसले क्रिएटरहरूलाई उनीहरूको अडियन्स र इन्गेजमेन्टको लोकेसनका आधारमा मेम्बरसिप फी कति राख्ने भन्ने सुझाव दिनेछ।
युट्युबले च्यानल मेम्बरसिपको मूल्य सबैतिर सन्तुलित बनाउन खोजेको हो। क्रिएटरहरूले प्रत्येक मेम्बरसिप टियरका लागि वर्षमा एक पटक मात्र नयाँ मेम्बरसिपको मूल्य अपडेट गर्न पाउनेछन्।
प्रतिक्रिया 4