९ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
विशेष अदालतमा बहस गर्दै उनले सरकारले राजनीतिक प्रतिशोधका आधारमा अनुसन्धान अघि बढाएको भनी पूर्वमन्त्री विष्णु पौडेलको पक्राउमा प्रश्न उठाएका हुन् ।
सोमबार पक्राउ परेका पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ ।
विशेष अदालतमा पौडेलको पक्राउविरुद्ध प्रस्तुत भएका उनले पौडेलमाथि राजनीतिक प्रतिशोधस्वरुप पक्राउ गरिएको जिकिर गरेका हुन् ।
उनले बरु मालपानीमाथि अनुसन्धान हुनुपर्ने र त्यसक्रममा मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि अनुसन्धान हुन माग गरेका हुन् ।
उनले मालपानीको गाडी प्रयोग गर्ने भनी प्रधानमन्त्री बालेन शाहतिर संकेत गरेका हुन् । शाह सांसद उम्मेदवार हुँदा मालपानीको गाडी चढेर चुनाव प्रचारप्रसारमा हिडेको आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया 4