+
+
Shares

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई कुक प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १७:४५

९ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं,’ पौडेलले अनलाइनखबरसँग भने ।

प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अण्डाको अम्लेटमा माछाको काँडा भेटिएपछि कसरी यस्तो भयो भनेर प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ ।

गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका लागि चितवनमा छन् । उनले एअरपोर्ट अगाडिको एक होटलमा अम्लेट खाएको बताइएको छ ।

यद्यपि गृहमन्त्री गुरुङको सचिवालयले भने कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको भन्दै समाचारको खण्डन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?