+
फिफा विश्वकप :

हाइटीविरुद्ध मोरक्कोको अग्रता

२०८३ असार  ११ गते ५:३२ २०८३ असार ११ गते ५:३२

फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा हाइटीविरुद्ध मोरक्कोले अग्रता लिएको छ ।

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा हाइटीविरुद्ध मोरक्कोले अग्रता लिएको छ ।

१० मिनेटमै आत्मघाती गोल खाएर पछि परेको मोरक्को ७८ औं मिनेटमा पुगेर पहिलो पटक अग्रता लिन सफल भएको हो ।

यसअघि ३९ औं मिनेटमा मोरक्कोका अचरफ हाकिमीले गोल फर्काएर खेल १–१ को बराबरीमा ल्याएका थिए ।

त्यसको चार मिनेटपछि नै ४३ औं मिनेटमा हाइटीका विल्सन इसिडोरले अर्को गोल थपेर खेललाई २–१को स्थितिमा पुर्‍याए ।

त्यसमा पहिलो हाफको इन्जुरी टाइममा मोरक्कोका इस्माइल साइबेरीले गोल प्रहार गरेर खेल २–२ बराबरीमा ल्याएका थिए । त्यसपछि लामो समयपछि मोरक्कोले गोल गरेर खेल ३–२ को स्थितिमा ल्याइपुर्‍याएको छ ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय