फाइल तस्वीर
११ असार, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका —३ पोखरीबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले चैनपुर—३ स्थित पोखरीबाट जुवातास (कौडा) खेलाएको आरोपमा घरधनी सहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी ४५ वर्षीय कर्णबहादुर तामाङ, ४० वर्षीय नवीनकुमार लिम्बू, २८ वर्षीय मानबहादुर लिम्बू, ४३ वर्षीय दुर्गाबहादुर लिम्बू, ४३ वर्षीय टेकबहादुर लिम्बू र ४० पर्षीय पूर्णबहादुर लिम्बू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार उनीहरूको साथबाट नगद ३१ हजार दुई सय ८५ रुपैयाँसहित तास, कौडा र मोबाइल बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4