+
+
Shares

रास्वपा महाधिवेशन : मतदान गर्न नपाएपछि धर्ना (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १८:४०

१२ असार, चितवन । रास्वपा पदाधिकारी छान्न आज भएको मतदानमा मत हाल्न नपाएको भन्दै केही प्रतिनिधिहरू मतदानस्थल बाहिर धर्नामा बसेका छन् ।

मतदानका लागि तोकिएको समय सकिएको भन्दै निर्वाचन आयोगले मतदानस्थलको मूल गेट बन्द गरेपछि उनीहरू धर्नामा बसेका हुन् ।

धर्नामा बसेका प्रतिनिधिहरूले आफूहरूले पनि मतदान गर्न पाउनुपर्ने माग राखेर मूल गेट बाहिर धर्नामा बसेका हुन् ।

पदाधिकारीका लागि भएको मतदानमा १२८९ मत खसेको छ ।

रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो ।

केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन् ।

गत असार ७ गतेदेखि जारी महाधिवेशन आज समापन गर्ने तयारी रास्वपाको छ ।

५ जना पदाधिकारीका लागि निर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?