१२ असार, काठमाडौं । रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् । उनले ६७३ मत प्राप्त गरे । निर्वाचित भएलगत्तै उनले ३ दिनको महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण ५ दिनभन्दा बढी समय लागेको भन्दै माफी पनि मागे ।
त्यस्तै उनले नेपाली जनताले रास्वपालाई चुनावमा दिएको जिम्मेवारी पूरा गर्न आफू खरो रुपमा उत्रिने पनि बताए ।
‘नेपाली जनताले जुन अपेक्षा राखेको छ त्यसमा खरो उत्रिएर जिम्मेवारी पूरा गर्नेछु । विधिसम्मत तरिकाले नागरिकप्रति उत्तरदायी हुने गरी भूमिका खेल्नेछु,’ उनले भने, ‘महामन्त्रीका रुपमा पार्टीमा इमान्दार योद्दाको रुपमा मलाई धेरैले देख्न सक्नेछ । जहाँ विधि, पारदर्शीता र ऐक्यवद्धतातर्फ लैजान मेरो भूमिका रहन्छ । ‘
उनले संगठनात्मक सुधारका लागि पनि आफ्नो भूमिका हुने बताए । ‘स्थानीय तहको उम्मेदवार उपयुक्त छान्ने तिर मेरो ध्यान हुनेछ । पार्टी सञ्चालन कसरी हुन्छ भन्ने कुराले सरकार सञ्चालनमा पनि प्रभाव राख्ने हुन्छ । मेरो ध्यान यसमा पनि हुन्छ ।’
प्रतिक्रिया 4