+
+
Shares

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै सुकुमवासीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १३ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुरक्षित पुन:स्थापनाको सुनिश्चितता नभई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुमवासीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
  • अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार १९ गतेसम्म सेन्टर खाली गर्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन्।
  • दल मर्दन कामीले सरकारका निकायले २५ हजार रुपैयाँ बुझेर सेन्टर छाड्न दबाब दिएको र त्यसले मानसिक तनाव उत्पन्न गरेको बताएका छन्।

१३ असार, काठमाडौं । सुरक्षित पुन:स्थापनाको सुनिश्चित नगरि कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमवासी तथा अव्यवस्थीत बसोबासीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सुरक्षित पुन:स्थापना, भू स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरि कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले शनिबार काठमाडौंको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरूले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानूनबमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनस्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन् ।

प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थीत बसोबासीका तर्फबाट दल मर्दन कामीले होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दवाव दिदा मानसिक तनाव उत्पन्न भएको बताए ।

उनले सरकारका बिभिन्न निकाय र प्रहरीहरूले २५ हजार बुझेर होल्डिङ सेन्टर छाड्नका दवाव दिएको उल्लेख गरे । उनले आफुहरूलाई सरकारले सडकमा अलपत्र पार्न खोजिएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न माग गरे ।

प्रदर्शनमा सहभागीहरूले डोजर होइन, समाधान दे, जनता मार्न पाइँदै, यस्तो सरकार चाहिँदैन, गरिबमाथिको ज्यादती बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरू आन्दोलित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?