News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
- मंगलबार र बुधबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
- वर्षाका कारण पहिरो तथा डुबानको जोखिम बढ्ने भन्दै महाशाखाले सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
१४ असार, काठमाडौं । नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मनसुन बुलेटिन जारी गर्दै सो जानकारी दिएको हो ।
महाशाखाको विशेष बुलेटिनमा १६ असार मंगलबार र १७ असार बुधबार देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।
वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, शहरी तथा तराई क्षेत्रका होचा भागमा डुबान हुन सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, मेघगर्जन र चट्याङ्गका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले सुरक्षित स्थानमा बस्न तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।
महाशाखाले मौसमसम्बन्धी पछिल्लो जानकारी तथा अद्यावधिक पूर्वानुमान नियमित रूपमा हेरी आवश्यक सतर्कता अपनाउन सर्वसाधारण, स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4