+
+
Shares

४३ देशसँग संसदीय मैत्री समूह गठन (सूचीसहित)

अमेरिका, चीन र भारत संयोजकमा रास्वपा सांसद

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले ४३ देशसँग संसदीय मैत्री समूह गठन गरेको छ जसको मुख्य उद्देश्य आपसी कूटनीतिक सम्बन्ध र संसदीय अनुभवहरूको आदानप्रदान गर्ने रहेको छ।
  • अमेरिका, चीन र भारतसँगको मैत्री समूहको संयोजकमा क्रमशः निशा डाँगी, गणेश पराजुली र विपिन कुमार आचार्य रहेका छन्।
  • यी समूहले ट्र्याक टू डिप्लोमेसी अन्तर्गत प्रत्यक्ष रूपमा राख्न नसकिने कूटनीतिक विषयहरूमा संवाद गर्दै साझा मुद्दामा छलफल गर्ने भूमिका निर्वाह गर्छन्।

१४ असार, काठमाडौं । ४३ देशसँग संसदीय मैत्री समूह गठन भएको छ । अमेरिका, चीन र भारतसँगको मैत्री समूह संयोजकमा रास्वपाका सांसदहरू रहेका छन् ।

नेपाल चीन मैत्री समूहको संयोजकमा गणेश पराजुली छन् । नेपाल भारत मैत्री समूहको संयोजकको जिम्मेवारी विपिन कुमार आचार्य र नेपाल अमेरिका मैत्री समूहको संयोजकमा निशा डाँगी रहेका छन् ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका २७५ र राष्ट्रिय समूहका ५९ जनालाई एकै ठाउँमा राखेर मैत्री समूहमा रहने सदस्य संख्या टुंगो लगाएको छ ।

नेपालसँग दौत्य सम्बन्ध भएका देशमा संसदीय मैत्री समूह गठन गर्ने अभ्यास छ । नेपालसँग दौत्य सम्बन्ध भएका विभिन्न देशसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्नका लागि राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका सांसदहरू रहेका संसदीय मैत्री समूह गठन गर्ने गरिएको छ ।

संसद् सचिवालयका अनुसार आपसी सम्बन्ध विस्तार गर्नु नै संसदीय मैत्री समूहको प्रमुख उद्देश्य हो । यसअन्तर्गत दुई पक्षबीचका साझा मुद्दाबारे छलफल गर्ने, एक/अर्को देशमा भ्रमण गर्ने, संसदीय अभ्यास र अनुभव साझा गर्ने, कानुन निर्माण प्रक्रियाबारे एक अर्काका अनुभव बाँड्ने लगायतका कार्य हुने गर्दछ ।

आफ्नो देशको संसदीय अभ्यासबारे विश्वका अन्य मुलुकमा प्रचार गर्न र अन्य देशका विषय वा राम्रा अभ्यास सिकेर आफ्नो लागु गर्न पनि मैत्री समूहले भूमिका खेल्दै आएका छन् ।

जुन विषय प्रत्यक्ष रुपमा अर्को देशको कार्यकारीलाई भन्न सकिँदैन, त्यस्तो विषय मैत्री समूह जस्ता संयन्त्रहरूमार्फत भन्ने अभ्यास छ । जसले अप्रत्यक्ष रूपमा अर्को देशको धारणा थाहा पाएर सम्बन्धित देशले आफ्नो पोजिसन क्लियर गर्छ । यो अभ्यास र्ट्याक टू डिप्लोमेसी अन्तर्गत पर्ने गर्दछ ।

नेपालले संसदीय अभ्याससँगै यस्तो संयन्त्र मार्फत कूटनीतिक अभ्यास गर्दै आएको छ । संविधानसभा यता अझ व्यवस्थित बनाइएको छ ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?