News Summary
Generated by OK AI. Editorially reviewed.- ब्रिटिस काउन्सिलले अन्तर्राष्ट्रिय शिक्षामा योगदान पुर्याएका विभिन्न शैक्षिक संस्थालाई राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच अवार्ड प्रदान गरेको छ।
- अर्बिट ग्रुपले प्लाटिनम पार्टनर अवार्ड र नेपाल शैक्षिक परामर्श संघले टप एसोसिएसन अवार्ड प्राप्त गरेका छन्।
- ब्रिटिस काउन्सिलकी कन्ट्री एक्जाम डाइरेक्टर प्रतिष्ठा थापा रायमाझीले नेपाली युवालाई अन्तर्राष्ट्रिय शिक्षासँग जोड्न सहयोग गर्ने साझेदार संस्थाहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन्।
१५ असार, काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै ब्रिटिस काउन्सिलले विभिन्न शैक्षिक संस्थालाई अवार्ड प्रदान गरेको छ ।
काउन्सिलले अर्बिट ग्रुपलाई ‘प्लाटिनम पार्टनर अवार्ड’ प्रदान गरेको छ । ‘टप एसोसिएसन अवार्ड’ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले प्राप्त गरेको छ । ‘गोल्ड अवार्ड’ केआईईसी लर्निङ सेन्टर र ‘सिल्भर अवार्ड’ द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीलाई प्रदान गरिएको छ।
यसैगरी एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, एईसीसी स्टडी अब्रोड कन्सल्टेन्सी, एओपी ग्लोबल कन्सल्टेन्सी, आईएलटीएस सेन्टर र ब्रिज इन्टरनेसनलले ‘ब्रोन्ज अवार्ड’ प्राप्त गरेका छन् ।
नेपाली युवालाई अन्तर्राष्ट्रिय शिक्षासँग जोड्न सहयोग गर्ने साझेदार संस्थाहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको ब्रिटिस काउन्सिलकी कन्ट्री एक्जाम डाइरेक्टर प्रतिष्ठा थापा रायमाझीले बताइन् ।
राजधानीमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूतावासका सामाजिक विकास प्रमुख एन्ड्रियू लङले संस्थाहरूलाई अवार्ड प्रदान गरे । यस सम्मानले थप जिम्मेवारी बढाएको अवार्ड प्राप्त संस्था प्रमुख तथा प्रतिनिधिले बताएका छन् ।
प्रतिक्रिया 4