+
+
Shares

आइएम जितबहादुर, रोल नं १ र लालीबजारले आइतबारसम्म कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनमा रहेका तीन नेपाली फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ ।
  • ‘लालीबजार’ले ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कमाउँदै ३ लाख १६ हजार ९३० पटक हेरिएको छ ।
  • ‘रोल नं १’ को कमाइ १ करोड ६८ लाख ९५ हजार ९३८ रुपैयाँ पुग्दा ‘आइएम जितबहादुर’ ले ३१ लाख ७ हजार रुपैयाँ मात्र कमाएको छ ।

काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । आइएम जितबहादुर, रोल नं १ र लालीबजारको कमाइ बाहिर आएको छ ।

जसअनुसार, जितु नेपालको फिल्म ‘आइएम जितबहादुर’ बक्सअफिसमा निकै कमजोर देखिएको छ । सोही अवधिसम्म यो फिल्मले ३१ लाख ७ हजार रुपैयाँ ग्रस कमाएको छ । ९ हजार ६२६ जनाले हेरेका छन् ।

‘रोल नं १’ ले १ करोड ६८ लाख ९५ हजार ९३८ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ६५ हजार ३०५ पटक हेरिएको छ ।

‘लालीबजार’ले ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई ३ लाख १६ हजार ९३० पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?