News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले पासपोर्ट भ्रष्टाचारमा मुछिएका पाँचजना आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको छ।
- अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच–पाँच लाख धरौटी माग गरेको छ।
- त्यस्तै निर्देशक सुनिलकुमार केसीसँग चार लाख तथा कर्मचारी सोमेश थापा र विपिन प्रसाईंसँग तीन–तीन लाख रुपैयाँ धरौटी माग गरिएको छ।
१५ असार, काठमाडौं । विशेष अदालतले पासपोर्ट भ्रष्टाचार अभियोगमा मुछिएका ५ जना आरोपितहरूलाई धरौटीमा छाड्न आदेश गरेको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटी माग गरेको हो ।
विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग पाँचलाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख धरौटी माग गरेको छ ।
त्यस्तै अरु कर्मचारीहरू सोमेश थापासँग ३ लाख, विपिन प्रसाईंसँग ३लाख र ठेकेदारको नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो ।
त्यस्तै तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4