१९ असार, काठमाडौं । नेपालले १६औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित ३ पदक जितेको छ ।
भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले समान १–१ रजत र कांस्य पनि जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले जनाएका छन् ।
नेपालका आकाश श्रेष्ठले पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि स्वर्ण जिते । यस्तै महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जितिन् । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कांस्य जिते । तीनै खेलाडीको यो ‘डब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
यो पदकसहित दक्षिण एसियाली शारीरिक सुगठनमा नेपालको कुल पदक संख्या १३ स्वर्ण, १७ रजत र २० कांस्य पुगेको छ । पहिलो संस्करणदेखि नै नेपाल नियमित सहभागी हुँदै आएको छ । यसअघिका ३ संस्करण नेपालमै भएको थियो ।
प्रतिक्रिया 4