+
+
Shares

संघीयता, समावेशी र धर्मनिरपेक्षतामाथि अन्यथा नसोच्न हर्क साम्पाङको चेतावनी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १४:५४

२२ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताएका छन् । तर, संविधानका मुलभुत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसकिने उनको आग्रह छ ।

‘यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसावले जुन खालको कुराकानी भइराखेको छ । यसबारे हामीलाई जानकारी प्राप्त छ’ उनी भन्छन्, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता । यो तीनटा कुरामा तलमाथि हुने गरी दख्खल अन्दाज गर्न खोजियो भने फेरि देशमा दुर्घटना हामीले जानेर/नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना हामीले निम्त्याउनेछौं ।’

संविधानका आधारभुत विषय नचलाइ आवश्यक सुधार गर्न सकिने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?