+
+
Shares

तिङ्करको १ नम्बर सीमा स्तम्भमा ‘नवल खड्का’ पुस्तक विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १५:२५

काठमाडौं । अभिनेता तथा निर्देशक नवल खड्काले लेखेको पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ । खड्काको जीवनीमा आधारित पुस्तक ‘नवल खड्का’ लाई पाइन प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।

खड्काले आफूले भोगेको सुखदुःखका सङ्गालोलाई पुस्तकमा समेटेका छन् । २०७ पृष्ठ लामो यो पुस्तक लेखक खड्का, राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम र पत्रकार मनोज बडूले असार १९ गते दार्चुलाको तिङ्करमा पुगेर संयुक्त रूपमा विमोचन गरेका हुन् ।

तिङ्कर भञ्ज्याङको १ नम्बर सीमास्तम्भमा आयोजित कार्यक्रममा अभिनेता खड्काले सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा सशक्त भएर जुट्न देशवासीलाई आग्रहसमेत गरे । तिङ्कर भञ्ज्याङमा भ्यूटावर निर्माण गरी त्यहाँबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने वातावरण तयार गर्न नेपाल सरकारसँग माग पनि गरेका छन् ।

पर्यटकीय क्षेत्र तिङ्कर भञ्ज्याङमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सके धार्मिक पर्यटनको ढोका खुल्ने उनी बताउँछन् । तिङ्कर भञ्ज्याङमा आवश्यक पूर्वाधार निर्माण गरिएको खण्डमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने र नेपालले ठूलो परिमाणमा धन आम्दानी गर्न सक्ने जानकारी दिए ।

पुस्तक विमोचन गर्दै खड्काले स्वदेशी चलचित्रको पक्षमा उभिनु कुनै राष्ट्रको विरोध नभई आफ्नै देशप्रतिको सम्मान, जिम्मेवारी र आत्मगौरव भएको बताए ।

तीन दर्जन नेपाली कथानक चलचित्रमा अभिनय गरिसकेका खड्काले आफ्नै लगानीमा फिल्म ‘दशगजा’, ‘भीमदत्त’, ‘आवाज’, ‘माया बसेछ’, ‘क्रान्ति’ र ‘काँडेतार’ प्रदर्शनमा ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?