२२ असार, काठमाडौं । प्रतिनिधिसभामा सांसदहरू हाजिर गर्ने र बाहिरने प्रवृत्ति फेरि देखिएको छ । हाजिर गर्ने र टाप कस्ने प्रवृतिलाई हाटा भन्ने गरिन्छ । यस्तो प्रवृत्ति रोकिएको छैन ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।
यसमाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृष्टि भट्टराई र नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले बोल्न नाम टिपाएका थिए ।
सभामुखले बोल्न सुरुमै सृष्टि भट्टराईलाई समय दिए । तर उनी सभाकक्षमा थिइनन् । सभामुखले तीन पटक नाम बोलाए ।
त्यसपछि बोल्ने क्रममा रहेका अर्का सांसद सन्तोष सुब्बाको नाम बोलाए । उनी पनि सभाकक्षमा थिएनन् । सभामुखले तीन पटक नाम बोलाए ।
सभामुखले बोल्न समय दिन तेस्रो पटक नाम लिएका रास्वपाका सांसद गोविन्द पन्थी भने सभाकक्षमा थिए । उनले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी श्रमिक अधिकारको संरक्षण गर्ने विश्वव्यापी प्रतिबद्धता रहेको बताए । निजी क्षेत्रमा रहेका कामदार श्रम शोषणमा रहेको बताए ।
प्रतिक्रिया 4