२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्ति–व्यक्ति (पियर टु पियर) कर्जा लेनदेन प्लेटफर्म सञ्चालनका सन्दर्भमा अध्ययन गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत यस्तो कारोबार सञ्चालनका सन्दर्भमा अध्ययन गर्ने घोषणा गरेको हो ।
केन्द्रीय बैंकले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित पियर टु पियर लेनदेन सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गर्ने आगामी आवको मौद्रिक नीतिमा उल्लेख गरेको हो।
यो प्लेटफर्मले पैसा आवश्यक हुने र पैसा सापटी दिनसक्ने दुवै पक्षलाई एकै ठाउँमा जोडिदिन्छ । पैसा दिन सक्ने ऋणदाता यहाँ जोडिन्छन् र आफूले सक्ने जति ऋण दिन पाउँछन् । त्यस्तै ऋण लिने पनि यो प्लेटफर्ममा जोडिन्छन् र आफूलाई आवश्यक परेको पैसा निश्चित अवधि र ब्याजदरमा लिन सक्छन् ।
यस्तो प्लेटफर्ममा जोडिने ऋणदाता तथा ऋणी दुवैको क्रेडिट हिस्ट्री हेरिन्छ, मानिसको खर्चको मूल्यांकन गर्र्ने र योग्यता पुगेका ऋणदाता तथा ऋणी मात्रै प्रणालीमा आबद्ध हुन सक्छन् ।
ऋण, ब्याजदर जोखिमका आधारमा तय हुन्छ । बढी जोखिम भएका ऋणीलाई बढी ब्याजदर तय हुन्छ भने कम जोखिम भएकालाई कम ।
प्रतिक्रिया 4