+
+
Shares

मेटाले विज्ञापनमा थप्यो ‘एआई डिस्क्लोजर ट्याग’, फेसबुक र इन्स्टाग्राममा नयाँ व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १२:४७

मेटा कम्पनीले फेसबुक र इन्स्टाग्रामका विज्ञापनहरूमा समावेश हुने एआई उत्पादित सामग्रीहरूका लागि नयाँ लेबल वा ट्यागको व्यवस्था गरेको छ। यो परिवर्तन कम्पनीले हालै आफ्नो एड डिस्क्लोजर सूचीमा गरेको सामान्य अपडेटहरूसँग मेल खाने गरी ल्याइएको हो।

अबदेखि एआई टुलहरू प्रयोग गरेर बनाइएका फेसबुक र इन्स्टाग्रामका विज्ञापनहरूको ‘एबाउट दिस एड’ सेक्सनभित्र डिस्क्लोजर एलिमेन्ट समावेश गरिनेछ। प्रयोगकर्ताहरूले कुनै पनि प्रमोटेड पोस्टको माथिल्लो पट्टी रहेको ‘थ्री-डट’ मेनुमा ट्याप गरेर यो विवरण हेर्न सक्नेछन्।

मेटाका अनुसार एआई-जनित सामग्रीहरूको पारदर्शिता बढाउनका लागि कम्पनीले आफ्नै एआई टुलहरू वा फोटोसप, ड्यालीजस्ता अन्य बाह्य उत्पादनहरूका थर्ड-पार्टी जेनेरेटिभ एआई टुलहरू प्रयोग गरी बनाइएका वा सम्पादन गरिएका विज्ञापन सामग्रीहरूलाई स्वचालित रूपमा लेबल गर्नेछ।

जब विज्ञापनदाताहरूले कुनै तस्वीर वा भिडियो निर्माण गर्न वा त्यसमा सिग्निफिकेन्ट एडिट गर्न ब्याकग्राउन्ड जेनेरेसन, इमेज जेनेरेसन वा एड एनिमेसन जस्ता सुविधाहरू प्रयोग गर्छन्, तब मेटाले त्यस्ता विज्ञापनमा स्वचालित रूपमा ‘एआई इन्फो’ लेबल लागु गर्नेछ।

यसका साथै कुनै विज्ञापन थर्ड-पार्टी जेनेरेटिभ एआई टुलहरूबाट बनाइएको वा एडिट गरिएको कुरा पत्ता लागेमा पनि मेटाले ती विज्ञापनहरूमा यी लेबलहरू थप्नेछ। बाह्य एआई टुलहरू प्रयोग भएको पहिचान गर्नका लागि मेटाले ‘सीटूपीए’ को प्रयोग गर्ने स्पष्ट पारेको छ।

जब प्रणालीले यस्ता मेटाडेटा पत्ता लगाउँछ, तब सामग्रीलाई सोही अनुसार लेबल गरिन्छ। समुदायको अपेक्षा र एआई प्रविधिको विकाससँगै विज्ञहरू, विज्ञापनदाताहरू, नीति सरोकारवालाहरू र उद्योग साझेदारहरूसँगको सहकार्यमा एआई सामग्रीलाई लेबल गर्ने यस दृष्टिकोणलाई थप परिमार्जन गर्दै लैजाने कम्पनीले जनाएको छ।

यो नयाँ अपडेट मेटाले आफ्ना इन-स्ट्रिम विज्ञापनहरूको लेबललाई ‘स्पन्सर्ड’ बाट बदलेर ‘एड’ मा परिवर्तन गरेको केही महिनापछि आएको हो। यस व्यवस्थाले एआई सामग्रीका बारेमा थप स्पष्टता प्रदान गर्नेछ । जसले विज्ञापनहरूमा हुन सक्ने सम्भावित भ्रामक वा गलत प्रस्तुतिहरूलाई संकेत गर्न वा रोक्न मद्दत पुर्‍याउनेछ।

मेटाले यसअघि नै सामान्य प्रयोगकर्ताहरूले पोस्ट गर्ने अर्गानिक सामग्रीहरूका लागि एआई डिस्क्लोजर ट्यागको व्यवस्था गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?