+
+
Shares

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेख्ने जिम्मा बादल र शंकरलाई

बादल सुझाव संकलन कार्यदलको संयोजक र पोखरेल सदस्य सचिव हुन् । बिहीबार बसेको कार्यदलको बैठकले संयोजक र सदस्य सचिवले प्रतिवेदन लेख्ने टुंगो लगाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते २०:५६

२५ असार, काठमाडौं । नेकपा एमाले पुनर्गठन सुझाव संकलन कार्यदलले प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेललाई दिएको छ ।

बादल सुझाव संकलन कार्यदलको संयोजक र पोखरेल सदस्य सचिव हुन् । बिहीबार बसेको कार्यदलको बैठकले संयोजक र सदस्य सचिवले प्रतिवेदन लेख्ने टुंगो लगाइएको हो ।

गत २१ फागुनको निर्वाचनमा एमाले नराम्रोसँग पराजित भएपछि पार्टीभित्र पुनर्गठनको माग चर्कोगरी उठेको छ । पदाधिकारीहरू नै पार्टी पुनर्गठनको पक्षमा भएपछि गत १० जेठमा बसेको सचिवालय बैठकले सुझाव संकलन कार्यदल गठन गरेको थियो ।

कार्यदलले प्रदेशगत रूपमा सुझाव संकलन गरेको छ । जिल्ला तथा प्रदेशका पदाधिकारी, केन्द्रीय सदस्य, जनसंगठनका पदाधिकारी, केन्द्रीय विभाग र निकाय, सल्लाहकार र प्रवासमा रहेका नेताहरुबाट समेत सुझाव संकलन भएको छ ।

एक महिना बढी समय लगाएर संकलित सुझावका आधारमा प्रतिवेदन लेख्ने जिम्मा संयोजक र सदस्य सचिवलाई दिने निर्णय बिहीबारको बैठकले गरेको हो । यही प्रतिवेदनका आधारमा पार्टीको थप निर्णय गर्ने एमालेको तयारी छ ।

कार्यदलको बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुझाव संकलनकै क्रममा सुर्खेतबाट पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।

‘सुझाव संकलनकै सिलसिलामा व्यस्त रहेको अवस्थामा पार्टीका उपाध्यक्ष तथा कार्यदलका सदस्य कमरेड विष्णु पौडेललाई राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गरिएको गिरफतारीप्रति यो बैठक घोर निन्दा र भर्त्सना गर्दछ,’ महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको यथाशिघ्र रिहाइको माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?