+
+
Shares

दाङमा पाँच हजार बढीको परीक्षण गर्दा ६५० जनामा सिकलसेलको लक्षण

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट पाँच हजार ७० जनाको नमुना संकलन गरेर स्क्रिनिङ गर्दा सिकलसेल एनेमियाका शंकास्पद छ सय ५० जना बिरामी भेटिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङमा पाँच हजार ७० जनामा गरिएको सिकलसेल एनेमिया र थालसेमियाको परीक्षणमा छ सय ५० जनामा असामान्य हेमोग्लोबिन देखिएको छ ।
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार परीक्षण गरिएकामध्ये ३३ जनामा सिकलसेल डिजिज र तीन सय ४७ जनामा सिकलसेल ट्रेट फेला परेको छ ।
  • प्याथोलोजिस्ट डा. जेनिस छत्कुलीले वंशाणुगत रोग नियन्त्रणका लागि विवाहपूर्व परीक्षण र जनचेतना आवश्यक रहेको कुरा उल्लेख गरिन् ।

२६ असार, दाङ । दाङमा पाँच हजारभन्दा बढी नागरिकमा सिकलसेल एनेमिया तथा थालसेमियाको परीक्षण गर्दा छ सय ५० जना बढी सिकलसेल एनेमियाका शंकास्पद बिरामी फेला परेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट पाँच हजार ७० जनाको नमुना संकलन गरेर स्क्रिनिङ गर्दा सिकलसेल एनेमियाका शंकास्पद छ सय ५० जना बिरामी भेटिएका हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङका विभिन्न स्थानमा पाँच हजार बढीको नमुना संकलन गरेर परीक्षण गर्दा पाँच हजार ७० मध्ये छ सय ७० जनामा सिकलसेलको लक्षण भएका मानिस भेटिएको हो ।

प्रतिष्ठानका अनुसार आर्थिक वर्षदेखि सिकलसेलका लक्षण देखिएका ६ सय ५० घर परिवारलाई लक्षित गरेर तीव्र परीक्षण गरिने छ ।

सिकलसेल रोग कुनै एउटा जात विशेषको नभई सबैको परीक्षण गर्नुपर्ने प्रतिष्ठानको भनाइ छ ।

प्रतिष्ठानकी प्याथोलोजिस्ट डा. जेनिस छत्कुलीले प्रतिष्ठानले सञ्चालन गरेको सिकलसेल एनेमिया स्क्रिनिङ कार्यक्रममा परीक्षण गरिएका असामान्य हेमोग्लोबिन भेटिएको बताइन् ।

उनका अनुसार प्रतिष्ठानसँगै प्रतिष्ठानले जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा सञ्चालन गरेको शिविरबाट सङ्कलन गरिएको नमुना परीक्षणबाट सिकलसेल र थालसेमियाको जोखिम अझै चुनौतीपूर्ण रहेको छ ।

शिविरका क्रममा तीन हजार एक सय ६१ जना महिला र एक हजार नौ सय नौ जना पुरुष गरी पाँच हजार ७० जनामा परीक्षण गर्दा चार हजार चार सय २० जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने छ सय ५० जनामा विभिन्न प्रकारका असामान्य हेमोग्लोबिन देखिएको प्रतिष्ठानकी प्याथोलोजिस्ट छत्कुलीले जानकारी दिइन् ।

उनका अनुसार परीक्षण गरिएकामध्ये ३३ जनामा सिकलसेल डिजिट, तीन सय ४७ जनामा सिकलसेल ट्रेट, तीन जनामा बिटा थालसेमिया मेजर, एक सय ५७ जनामा बिटा थालसेमिया ट्रेट, ५९ जनामा सिकलसेल बिटा थालासेमिया ट्रेट र ५१ जनामा अन्य प्रकारका हेमोग्लोबिन भेरियन्ट फेला परेको हो ।

पाँच हजार नागरिकमा सिकलसेल एनेमिया परीक्षण गर्ने उद्देश्य अनुसार प्रतिष्ठानले चालु आर्थिक वर्षमा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन सय तीन जना, सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालय नारायणपुरबाट एक हजार पाँच सय २७ जना, माध्यमिक विद्यालय सौँडियारबाट सात सय ५१ जना, कोठरी स्वास्थ्यचौकीबाट चार सय ९८ जना, राप्ती आधारभूत अस्पताल सिसहनियामा पाँच सय ६३ जना, दंगीशरण गाउँपालिकाको स्वास्थ्यचौकीमा चार सय ३२ जना, स्वास्थ्यचौकी झिङ्नी र माध्यमिक विद्यालय झिङ्नीबाट दुई सय ७७ जना र मानपुरमा रहेको दीपेन्द्र माध्यमिक विद्यालयबाट तीन सय १९ जनाको नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

स्वास्थ्यकर्मीले सिकलसेल र थालासेमिया वंशाणुगत रगतसम्बन्धी रोग भएकाले समयमै परीक्षण, परामर्श र जनचेतना आवश्यक रहेकोमा जोड दिएका छन् ।

विवाहपूर्व तथा सन्तान योजना अघि परीक्षण गर्न सके नयाँ पुस्तामा रोगको जोखिम घटाउन सकिने उनको भनाइ थियो ।

प्रतिष्ठानले बढी जोखिम रहेका समुदाय तथा क्षेत्रमा परीक्षण र सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?