News Summary
Generated by OK AI. Editorially reviewed.- स्मार्ट च्वाइस टेक्नोलोजिजले सूचना सुरक्षासम्बन्धी विश्वव्यापी मान्यता प्राप्त आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ।
- यो प्रमाणपत्रले कम्पनीको सूचना सुरक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी रहेको प्रमाणित गरेको छ।
- प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले यस उपलब्धिले डिजिटल भुक्तानी इकोसिस्टमलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सिस्टम अपरेटर–पीएसओ) स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)ले सूचना सुरक्षा सम्बन्धी विश्वव्यापी मान्यता प्राप्त आईएसओ/आईईसी २७००१ : २०२२ प्रमाणपत्र पाएको छ ।
कम्पनीका अनुसार उक्त प्रमाणपत्रले एससीटीमा लागु गरिएको इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम (आईएसएमएस) अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको छ।
साथै, संस्थाले आफ्ना ग्राहक, सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, साझेदार संस्था तथा अन्य सरोकारवालाको सूचनाको गोपनीयता, अखण्डता र उपलब्धता सुनिश्चित गर्न उच्चस्तरीय सूचना सुरक्षा अभ्यास अवलम्बन गरेको पनि प्रमाणित गरेको जनाएको छ।
यसअघि नै एससीटीले अन्तर्राष्ट्रिय कार्ड भुक्तानी उद्योगका सुरक्षा मापदण्डअनुसार पीसीआई डीएसएस भर्सन ४.०.१ सर्टिफिकेसन तथा पीसीआई थ्रीडीएस सर्टिफिकेसन प्राप्त गरिसकेको छ।
आईएसओ/आईईसी २७००१ : २०२२ प्रमाणपत्र प्राप्तिसँगै सूचना सुरक्षा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन तथा सुरक्षित डिजिटल भुक्तानी पूर्वाधारप्रति प्रतिबद्धतालाई यसले स्पष्ट पारेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यी प्रमाणपत्रहरूले एससीटीको सञ्चालन प्रणाली अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुरूप रहेको पुष्टि गर्नुका साथै सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, व्यापारी तथा सेवाग्राहीको विश्वास थप मजबुत बनाउन सहयोग गर्नेछन्।
यस अवसरमा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले आईएसओ/आईईसी २७००१ : २०२२ प्रमाणपत्र प्राप्त गर्नु अत्यन्त महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले यसअघि प्राप्त पीसीआई डीएसएस ४.०.१ र पीसीआई थ्रीडीएस जस्ता अन्तर्राष्ट्रिय सुरक्षा प्रमाणपत्रसँगै यो उपलब्धिले सूचना सुरक्षाप्रतिको संस्थाको दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाएको उल्लेख गरे।
‘डिजिटल भुक्तानी प्रणालीप्रति ग्राहक, सदस्य संस्था तथा सरोकारवालाको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो,’ उनले भने, ‘त्यसैले हामी अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित, भरपर्दो तथा नवप्रवर्तनयुक्त भुक्तानी समाधान उपलब्ध गराउँदै नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अझ सशक्त बनाउन निरन्तर प्रतिबद्ध रहनेछौं।’
एससीटीले हाल नेपालभरका सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा अन्य साझेदारमार्फत कार्ड स्विचिङ, कार्ड प्रोसेसिङ, क्यूआर भुक्तानी, डिजिटल भुक्तानी पूर्वाधार तथा विभिन्न अत्याधुनिक भुक्तानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
प्रतिक्रिया 4