+

टप १६ ग्रान्ड मास्टर्स स्नूकर सुरु

२०८३ साउन  १३ गते १६:४९ २०८३ साउन १३ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा बुधबारदेखि प्रथम काठमाडौं खेलमण्डल नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप सुरु भएको छ।
  • उद्घाटन खेलमा नेपालका नम्बर एक खेलाडी वाङचु तामाङले विनोद श्रेष्ठलाई ४–२ को सेटमा पराजित गरी विजयी सुरुआत गरेका छन्।
  • प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँसहित च्याम्पियन ट्रफी प्राप्त गर्नेछन्।

१३ साउन, काठमाडौं । प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप बुधबारदेखि सुरु भएको छ ।

काठमाडौं खेलमण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लब परिसरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालका नम्बर एक स्नूकर खेलाडी वाङचु तामाङ विजयी भएका छन् । समूह ‘ए’ अन्तर्गत तामाङले विनोद श्रेष्ठलाई बेस्ट अफ सेभेनमा ४–२ ले पराजित गर्दै सुखद सुरुआत गरेका हुन् ।

प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीसँगै आयोजक क्लबका एक खेलाडीसहित १६ जनाको सहभागिता रहेको छ । सहभागीलाई चार समूहमा विभाजन गरिएको छ भने प्रत्येक समूहका शीर्ष दुई खेलाडी क्वार्टरफाइनलसहितको नकआउट चरणमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले गरेका थिए । प्रतियोगिता संयोजक तथा एनआरटीका केन्द्रीय सदस्य राजेन्द्र शाक्यका अनुसार प्रतियोगिताका सबै खेल एनआरटीको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँसहित च्याम्पियन ट्रफी प्राप्त गर्नेछन् । उपविजेताले ५१ हजार रुपैयाँ र ट्रफी पाउनेछन् भने सेमिफाइनलमा पुग्ने दुवै खेलाडीलाई जनही २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

यस्तै, प्रतियोगितामा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ दामासाही पुरस्कार तथा ८० अंकभन्दा बढीको उच्चतम ब्रेक बनाउने खेलाडीलाई २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

टप १६ ग्रान्ड मास्टर्स स्नूकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय