+
+
Shares

जनसरोकारका मुद्दा र संसदीय प्रक्रियाप्रति सरकार गैरजिम्मेवार बन्यो : सांसद राई

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकार जनसरोकारका मुद्दा र संसदीय प्रक्रियाप्रति पूर्णतया गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
  • उनले खाना पकाउने ग्यासको अभाव तथा चर्को मूल्यवृद्धिप्रति सरकार संवेदनशील नभएको उल्लेख गर्दै जनताले दुःख पाइरहेको बताएका छन् ।
  • सरकारले संसदलाई पर्याप्त बिजनेस नदिएको र पूर्वी नेपालको सुरक्षा चुनौतीका विषयमा सदनलाई औपचारिक जानकारी नदिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

१९ साउन, काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकार जनसरोकारका मुद्दा र संसदीय प्रक्रियाप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।

मंगलबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सरकारको कार्यशैली र सार्वजनिक सेवा प्रवाहमा देखिएको कमजोरीप्रति आलोचना गरेका हुन् ।

सांसद राईले मुलुकमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको अभाव र चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको उल्लेख गर्दै सरकार यसप्रति संवेदनशील नभएको बताए ।

संसदको कामकारबाहीका विषयमा टिप्पणी गर्दै राईले सरकारले संसदलाई पर्याप्त बिजनेस दिन नसकेको र संसदीय अभ्यासलाई उपेक्षा गरेको बताए ।

पूर्वी नेपालमा देखिएको साम्प्रदायिक संवेदनशीलता र सुरक्षा चुनौतीका विषयमा सरकारले संसदलाई औपचारिक जानकारी नगराएकोमा समेत उनले आपत्ति जनाए । सो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको हैसियतले आफूले यस विषयमा सरकारको आधिकारिक धारणा माग गरेको बताउँदै उनले शान्ति सुरक्षाको अवस्थाबारे जवाफ दिन गृहमन्त्री सदनमा उपस्थित हुनुपर्ने माग गरे ।

‘जनता ग्यासका लागि लामबद्ध हुनुपर्ने अवस्था छ, तर सरकारले यस समस्याको समाधानका निम्ति कुनै ठोस पहल गरेको छैन,’ उनले भने, ‘सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा आफ्ना वाचा र प्रतिबद्धताबाट विमुख देखिएको छ । सदन लगातार चल्नुपर्नेमा सरकारले काम दिन सकेको छैन । सरकार दिशाहीन र ढुलमुल अवस्थामा छ ।’

सरकार आफैं जिम्मेवार नभए प्रमुख प्रतिपक्षी दलको तर्फबाट सदनमा सशक्त आवाज उठाउने उनको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?