+
+
Shares

कुर्स्क सीमा क्षेत्रका ३०० बढी नागरिकको अवस्था अझै अज्ञात

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले आक्रमण गरेको दुई वर्ष पुगेको छ। सो आक्रमणपछि सीमा क्षेत्रका ३०२ जना बासिन्दाको अवस्था अझै अज्ञात रहेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आक्रमणपछि कम्तीमा ३०२ जना बासिन्दा अझै सम्पर्कविहीन रहेको रुसी मानवअधिकार आयुक्त याना लान्त्रातोभाले जानकारी दिइन्।
  • सन् २०२४ अगस्ट ६ मा युक्रेनी सेनाले गरेको सो आक्रमणका क्रममा हालसम्म ७६ हजारभन्दा बढी युक्रेनी सैनिक हताहत भएको रुसी पक्षको दाबी छ।
  • रुसी जनरल स्टाफ प्रमुख भलेरी गेरासिमोभले कुर्स्क क्षेत्रलाई युक्रेनी सशस्त्र बलबाट पूर्ण रूपमा मुक्त गराइएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बुझाएका थिए।

२१ साउन, काठमाडौं । रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले आक्रमण गरेको दुई वर्ष पुगेको छ। सो आक्रमणपछि सीमा क्षेत्रका ३०२ जना बासिन्दाको अवस्था अझै अज्ञात रहेको छ। रुसी मानवअधिकार आयुक्त याना लान्त्रातोभाले रुसी समाचार एजेन्सी तासलाई सो जानकारी दिएकी छन्।

सम्पर्कविहीन भएका स्थानीय बासिन्दाको खोजी गर्नु आक्रमणको सुरुवाती दिनदेखि नै सबैभन्दा कठिन चुनौती बनेको उनले बताइन्। लान्त्रातोभाले भनिन्, ‘३०२ जना मानिसको अवस्था आजका दिनसम्म पनि अज्ञात रहेको छ।’

युक्रेनी सेनाले ६ अगस्ट २०२४ मा कुर्स्क क्षेत्रमा आक्रमण सुरु गरेको थियो। रुसी सेनाका जनरल स्टाफ प्रमुख भलेरी गेरासिमोभले २६ अप्रिल २०२५ मा राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रतिवेदन बुझाएका थिए। उनले रुसी सेनाले सो क्षेत्रलाई युक्रेनी सशस्त्र बलबाट पूर्ण रूपमा मुक्त गराएको जानकारी दिएका थिए।

कुर्स्क क्षेत्रको कारबाहीका क्रममा युक्रेनी सेनाका ७६ हजारभन्दा बढी सैनिक मारिएका वा घाइते भएका छन्। सो क्रममा युक्रेनका ७ हजार ७ सयभन्दा बढी सैन्य उपकरण नष्ट भएका छन्। साथै करिब ४३० जना युक्रेनी सैनिकलाई नियन्त्रणमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?