काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का मालिक नासर अल खिलाफीले फवार्ड केलियन एम्बाप्पेबारे आफूहरुको अडान प्रष्ट रहेको बताएका छन् ।
स्पानिस क्लब रियल मड्रिडले एम्बाप्पेलाई भित्र्याउन चाहेको छ । तर उसले प्रस्ताव गरेको १७० मिजियल युरोमा पीएसजी सहमत छैन ।
खिलाफीले फ्रान्सको एक पत्रिकासँग भनेका छन्, ‘क्लबको अडान प्रष्ट छ, केही परिर्वतन भएको छैन ।’
पीएसजीका फुटबल म्यानेजर लियोनार्डोले बुधबार बताएका थिए कि क्लबले एम्बाप्लेलाई बेच्न सक्छ, तर आफ्नो शर्तमा ।
पीएसजीका मालिक खिलाफीले भन्छन्, ‘लियोनार्डोले सबै प्रष्टसँग भनेका छन्, त्यसमा केही परिर्वतन भएको छेन ।
उनले अघि भने, ‘हामी (आफ्नो अडान) न परिवर्तन गर्छौ, न दोहोर्याउँछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4