
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नवलपरासीको बर्दघाट सुस्ता पश्चिमका बाढी प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ ।
बाढीबाट घरबारविहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो राहत सामग्री वितरण गरेको हो ।
बैंकले विपतबाट प्रभावित नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका-१८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको हो ।
बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजनमा उक्त राहत सामग्रीहरु वितरण गरिएको हो ।
ग्लोबल आईएमई बैंक लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता लगायतले पीडितहरुलाई राहत सामग्री वितरण गरेका थिए ।
प्रतिक्रिया 4