+
+

नेपाली महिला फुटबल टोली उज्वेकिस्तान पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १३:१८

३० भदौ, काठमाडौं । एएफसी महिला एसियन कप, २०२२ को छनौट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको ताश्केन्त पुगेको छ ।

सोमबार (१३ सेप्टेम्बर राति ११ बजे) काठमाडौँबाट ताश्केन्ततर्फ प्रस्थान गरेको ३३ सदस्य टोली स्थानीय समय अनुसार १४ सेप्टेम्बर मध्यरातमा ताश्केन्त विमानस्थल पुगेको हो ।

ताश्केंत पुगे लगत्तै टोलीको पी सी आरकालागि स्वाबको नमूना संकलन गरिएको छ । पीसीआरको रिपोर्ट नआउन्जेल टोली होटेल क्वारेन्टिनमै रहने छ।

‘खेलाडीहरुले लामो यात्रा तय गरेर आएका छन् त्यसैले बिश्राम जरुरी छ,’ मुख्य प्रशिक्षक ग्यारी फिलिप्स भन्छन् । फिलिप्सले यस अवधिमा टोलीले पूर्णतया विश्राम लिने बताए ।

नेपालले यही सेप्टेम्बर १८ मा फिलिप्पिंस र २१ मा हङकङसँग छनोटको लागि प्रतिस्पर्धा गर्दै छ ।

फोटो : एनएसएज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?