+
+

गण्डकीका कृषिमन्त्रीको सम्पत्ति विवरण : न सुनचाँदी, न घरजग्गा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १३:०४

१६ कात्तिक, पोखरा । गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाको सोमबार रातिमात्र सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार कृषिमन्त्री बुढा मन्त्रीहरुमध्ये गरीब देखिएका छन् ।

सम्पत्ति विवरणमा उनको नाममा कुनै सम्पत्ति छैन भने एउटा सहकारीमा १० हजार रुपैयाँ वचत देखिएके छ । बागलुङ ताराखोला गाउँपालिका वडा नम्बर ५ घर भएका बुढाले सगोलमा जग्गा भएको उल्लेख गरेका छन् तर कति कित्ता र क्षेत्रफल छ भन्ने उल्लेख गरेका छैनन् ।

ताराखोला ५ को २ ठाउँमा सगोलमा पुख्र्यौली जग्गा भएको उल्लेख गरेका बुढाले आफ्नो नाममा कुनै घर र जग्गा नगरेको बताए । उनले एभरेस्ट बैंकमा खाता रहेको उल्लेख गरे पनि वचत शून्य देखाएका छन् ।

उनले सम्पत्तिको नाममा ताराखोला–५ को जनएकता बहुउद्धेश्यीय सहकारीमा १० हजार रुपैयाँमात्र शेयर रहेको उल्लेख गरेका छन् । घरजग्गा, पशुधन, आफूसँग रहेको सामानसमेत सम्पत्ति विवरणमा उल्लेख गर्नुपर्ने भए पनि बुढाले भने कुनै पनि उल्लेख गरेका छैनन् ।

कृषिमन्त्री बुढाले आफ्नो सम्पत्ति विवरण लुकाएका त होइनन् ? उनी भन्छन्, ‘सम्पत्ति नभएकै कारण उल्लेख नगरेको हुँ । जग्गा पनि सगोलमा छ । तर, कित्ता नम्बर र क्षेत्रफल खोज्दा नपाएका कारण उल्लेख गरिनँ ।’

माओवादी केन्द्रबाट मन्त्री भएका बुढाले एभरेस्ट बैंकको खातामा तलबभत्ता संकलन हुने भए पनि कहिलेकाहीँ शून्यमा झर्ने भएकाले उल्लेख नगरेको बताए । ‘घरपरिवार पनि पाल्न प¥यो, आफ्नो घर र सम्पति नभएपछि कसरी देखाउनु ?’ बुढाले भने, ‘सगोलको जग्गा खोज्न नभ्याएको हो, खातामा पैसा नभएरै हो ।’

पहिले बागलुङ बजारमा भाडामा बस्ने गरेको र अहिले मन्त्री हुनुअघि पनि पोखरामा भाडामै बसेको बताए । गण्डकी प्रदेशका कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले सम्पत्ति विवरणमा अथाह जग्गा, मल र होटल रहेको उल्लेख गरेका थिए ।

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले १ किलो १९ तोला सुन, ७ किलोभन्दा बढी चाँदीसहित सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । पर्यटन मन्त्री मणिभद्र शर्मासँग पनि ठाउँ ठाउँमा जग्गा, २५ तोला सुन, १ किलोभन्दा बढी चाँदी र लाखौं रुपैयाँ बैंक मौज्दातसहितको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र भौतिक पूर्वाधार मन्त्री कुमार खड्का पनि धनी मन्त्रीमै पर्छन् । गण्डकीका ११ मन्त्रीमध्ये १० जना मन्त्रीको सम्पति विवरण सार्वजनिक भइसकेको छ भने विना विभागीय मन्त्री डोबाटे विक असोज २४ गतेमात्र मन्त्री बनेका हुन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्ने कानुनी व्यवस्था छ ।

हेर्नुहोस् मन्त्री बुढाको सम्पत्ति विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?