काठमाडौं । करिम बेन्जामाको दुई गोलमा रियलले मड्रिडले युरोपियन च्याम्पियन्स लिगमा साख्तर डोनेस्कलाई पराजित गरेको छ ।
गएराती भएको समूह डी को खेलमा रियलले डोनेस्कलाई २-१ ले पराजित गरेको हो । समूहमा रियलको यो तेस्रो जित हो ।
घरेलु मैदानमा भएको खेलमा बेन्जामाले १४औं र ६१औं मिनेटमा गवल गरेका थिए । साख्तरका लागि पर्नान्डोले एक गोल गरे ।
जितपछि ४ खेलबाट ९ अंक जोडेर रियल शीर्ष स्थानमा छ । साख्तर डोनेस्क एक अंकसहित पुछारमा छ ।
यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले एफसी सेरिफलाई ३-१ ले पराजित गरेको छ ।
इन्टरका लागि मार्को ब्रोजोभिक, मिलान स्करिनर र एलेक्स सान्चेजले गोल गरे । सेरिफका एडामा ट्राओरले एक गोल फर्काए ।
जितपछि चार खेलबाट ७ अंक जोड्दै इन्टर दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ६ अंकसहित सेरिफ तेस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया 4