+
+

रियल मड्रिड लगातार २५औं पटक च्याम्पियन्स लिगको नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते ११:१५

काठमाडौं । स्पानिस क्लब रियल मड्रिड लगातार  २५औं वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह डी अन्तर्गत बुधबार राति मोल्दोभोको एफसी सेरिफलाई ३-० ले राजित गर्दै रियल अन्तिम १६ मा पुगेको हो ।

रियललाई जित दिलाउन डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जिमाले गोल गरे ।

जितपछि समूह डी मा रियल पाँच खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ ।

यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २-० ले पराजित गरेको छ । यस जितपछि इन्टर पनि नकआउट चरणमा प्रवेश गरेको छ । इन्टर १० अंकसहित दोस्रो स्थानमा छ ।

सेरिफ र साख्तर समूह चरणबाटै बाहिरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?