
१३ मंसिर, काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताएकी छन् ।
सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरो जस्ता समस्याले जोखिममा रहेको बताइन् ।
अहिले पनि नेपालको जनसंख्याको ठूलो हिस्सा भूकम्प जस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको उनको भनाइ थियो । शिक्षालयहरुले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरी काम गर्न सके प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्न सकिने उनको भनाइ छ ।
मन्त्री झाँक्रीले भनिन्, ‘जोखिममा घर भएका जनतालाई सरकारले भूकम्प प्रतिरोधक सुरक्षित घर बनाइदिने कार्य अगाडि बढाएको छ।’
मन्त्री झाँर्कीले जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताइन् । यस विषयमा योजनाबद्ध विकास आवासको हक सुनिश्चित गर्ने उद्देश्य सरकारको रहेको उनको भनाइ छ । २०७२ सालको भूकम्पबाट भत्किएका घर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको समेत उनले बताइन् ।
प्रतिक्रिया 4