
भरतपुर । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको भरतपुरमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।
सप्तरंग ३ का हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायक राम कृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार अस्मिता अधिकारीको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट –इन–क्लास फिचर्सका साथै फस्र्ट–इन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4