+
+

श्रोत नखुलेको १ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १२:०५

४ पुस, सर्लाही। सशस्त्र प्रहरीले श्रोत नखुलेको रूपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार छन् ।

बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर-१० गण सर्लाहीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सशस्त्रले नक्‍कली नेपाली १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?